सर्लाहीबाट तीनजना भारतीय नागरिक गाँजा सहित पक्राउ
टुडेपाटी–
सर्लाही, फागुन १८ गते ।
सर्लाहीमा लागुऔषध गाँजा सहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी ग्राम पंचायत राजा प्रसोनी १ का २३ वर्षीय मो. साकिर, वडा नं. ९ का ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पंचायत सलिमपुर वडा नं. १३ का २० वर्षीय मो. नसु आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
मंगलवार दिउँसो सर्लाहीको मलगंवा नगरपालिका–८ स्थित प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पोलाई चेकजाँच गर्दा १० किलो लागुऔषध गाँजा बरामद गरिएको छ ।
गाँजा सहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored