धनुषामा सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा
टुडेपाटी–
जनकपुरधाम, फागुन १७ गते ।
वन कार्यालयले धनुषामा अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मिथिला नगरपालिकाको लालगढस्थित सव डिभिजन वन कार्यालयले वडा नं. ८, कुसुमविछौनाबाट सोमबार २६.४७ क्यूफिट तीन थान सखुवाको गोलियासहित प्रदेश २–०३–०१५ प १६४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
कुसुम विछौनास्थित सार्वजनिक स्थानमा भएको एउटा सखुवाको रुख तस्करहरुले कटान मुछान गरी ट्याक्टरमा लोड गर्ने क्रममा काठसहित ट्याक्टर नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय लालगढका अधिकृत मदन चौधरीले बताए ।
सखुवा रुख कटान गरेको खबर प्राप्त भएपछि वन रक्षकसहितको टोली कटानस्थल पुग्दा तस्करहरु ट्याक्टर र मोटरसाइकलसमेत छोडेर फरार भएको उनले बताए ।
कटानमुछान गरिएको सखुवाको काठ, ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कावारहीका लागि सव डिभिजन वन कार्यालय धनुषामा पठाएको अधिकृत चौधरीले बताइ ,।
Sponsored