महाशिवरात्रिमा जनकपुरधामको शिवालयहरुमा श्रद्धालुको घुँइचो
टुडेपाटी–
जनकपुरधाम, फागुन १७ गते ।
महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिवालयहरुमा श्रद्धालुभक्तजनहरुको घुँइचो लागेको छ ।
शिव मन्दिरहरुमा पूजापाठ गर्नका लागि बिहानै देखि विभिन्न मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।
मंगलवार बिहानै देखि जनकपुरधामको प्रसिद्ध भुतनाथ, शिवचौकमा रहेका शिव मन्दिर, कपिलेश्वर महादेव, कुपेश्वर महादेवको शिवलिंगमा पूजा गर्नको लागि जनकपुरधाम र यसको छेउछाउका श्रद्धालुभक्तजनहरु पूजाआजा गर्न आएका हुन् ।