सर्लाहीमा झारीमा लुकाइएको अवस्थामा काठ बरामद
टुडेपाटी–
सर्लाही, फागुन ११ गते ।
सर्लाहीमा झारीमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले सालको काठ बरामद गरेको छ ।
मंगलवार सई एकराज चौलागाई र रेन्जर गंगा चौधरीको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका–५ सिद्धार्थ चोक स्थित घर पछाडी बारीमा गन्दे झारमा लुकाइ राखेको अवस्थामा ४० क्यूफिट सालको काठ बरामद गरेको छ ।
बरामद गरिएको सालको काठ सागरनाथ वन परियोजनामा बुझाइएको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।
बरामद गरिएको काठ करिब ८८ हजार बराबरको रहेको छ ।
त्यस्तै भन्सार छली गरेर ल्याएको किराना समान समेत बरामद गरेको छ ।
Sponsored
मलंगवाबाट नवलपुर सडक खण्डमा मलंगवा नगरपालिका–१० गमहरियामा पिकअप सहित किराना समाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीले ना ८ ख १४१८ नम्बरको पिकअपबाट चिनी १ सय बोरा, रेडबुल÷मजा ५ कार्टुन र प्याज २० बोरा बरामद गरेको छ ।