मधेश प्रदेशमा २०२१ मा ७५८ वटा मानव अधिकार उलंघनको घटना
टुडेपाटी–
जनकपुरधाम, फागुन ७ गते ।
मधेश प्रदेशमा २०२१ मा मानव अधिकार उलंघन र ज्यादतीको घटनामा साढे सात सय भन्दा बढी व्यक्ति पीडित भएका छन् ।
शनिवार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनकपुरधाममा मानव अवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ । जस अनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्ममा ७ सय ५८ जना पीडित भएका छन् ।
इन्सेकको अनुसार २०२१ म मधेश प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी मानव अधिकार उलंघनको घटनामा व्यक्ति पीडित बनेका छन् । सिरहामा अन्य पक्षबाट १३१ जना पीडित बनेका छन् भने राज्य पक्षबाट समेत ५ जना पीडित बनेका छन् ।
त्यस्तै धनुषामा १११ जना अन्य पक्षबाट पीडित बनेका हुन् भने १८ जना राज्य पक्षबाट पीडित बनेका छन् । सर्लाहीमा अन्य पक्षबाट ६६ जना र राज्य पक्षबाट ४० जना, सप्तरीमा अन्यपक्षबाट ८९ र राज्यपक्षबाट ७, रौतहटमा अन्यपक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित बनेका हुन् ।
त्यस्तै पर्सामा अन्यपक्षबाट ८० र राज्यपक्षबाट १ जना पीडित बनेका छन् भने महोत्तरीमा अन्यपक्षबाट ४५ र राज्य पक्षबाट एकजना पीडित बनेका छन् ।
Sponsored
इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ म बलात्कारको २ सय ३४ वटा घटना घटेको छ । बलात्कारको घटनामा सबैभन्दा बढी बालबालिका पीडित बनेकी छिन् । एक वर्षमा बालअधिकारको घटना तर्फ १५६ जना बालिका बलात्कृत भएकी छिन् भने महिला अधिकार तर्फ ७८ जना बलात्कृत भएकी छिन् ।
इन्सेकको तथ्यांक अनुसार मधेश प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको हो । त्यस्तै ७३ जनाको हत्या भएको छ ।