TodayPati

प्रादेशिक अस्पतालको लापरवाहीले प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, फागुन ७ गते ।

प्रादेशिक अस्पतालको लापरवाहीले जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

नर्मल डिलेभरीबाट बच्चाको जन्म दिएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको अस्पतालको लापरवाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

Sponsored

प्रसव पिडा लागेपछि फागुन ५ गते अस्पतालमा लागि भएकी यादवले फागुन ६ गते राती ७ बजे बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्म भएको ९ घण्टा पश्चात सुत्केरी यादवको मृत्यु भएको जेठाजु सिताराम यादवले बताए ।

जेठाजु यादवले नरमल रुपमा बच्चालाई जन्म दिएकी यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डिउटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक पटक जानकारी गराएपनि कुनै चासो नदिएको बताए ।

उनले अस्पतालको प्रसुति सेवामा चिकित्सकहरु नै रहेका थिएनन् । मृत्यु पछि मात्र चिकित्सकहरु आएर घटना ढाकछोप गर्न आईसियूमा भर्ना गरेको आप्mन्त शशि यादवले बताए । आरतीको श्रीमान वैदेशिक रोजगारमा छन् ।

Sponsored

यता प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. प्रमोद यादवले बचाउ गर्दै कुनै कुनै प्रसुतिमा यस्तो घटना हुने गरेको जिकिर गरे । अस्पतालको कुनै लापरवाही नरहेको उनले दावी गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *