TodayPati

राजमार्ग बन्द गराउने विप्लवका २१ जना कार्यकर्ता धनुषामा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, फागुन ४ गते ।

एमसीसी विरोधमा धनुषामा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लब समूहका २१ जना कार्यकर्तालाई पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका वडा नं. १० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा एमसीसीको विरोधमा नारा जुलूस लगाउँदै यातायात बन्द गराउँदै हिडेका विप्लवका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ

एमसीसीको विरोधमा ६ दल र दुई मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका थिए । धनुषामा बन्दको सामान्य प्रभाव परेको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस कम मात्रामा चलेका छन् ।

यस्तै कलकारखाना तथा पसलहरु बिहानैदेखि खुलेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *