‘रक्तचन्दनको ठेक्का मिलाउन घुस लिने वन अधिकृत मिश्रसहित ३ जनाविरुद्ध मुद्दा दायर
टुडेपाटी–
काठमाडौँ, फागुन ४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर मिश्रले ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।
घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ अधिकृत मिश्रकै छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको आयोगले जनाएको छ । आयोगले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।
त्यस्तै मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुसमा आएको रकम मध्ये २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगले ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।
Sponsored