TodayPati

बटेश्वरमा दुई नम्बर इँटा प्रयोग गरि निर्माण हुँदै ८ करोडको अस्पताल भवन (तस्बिर सहित)

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा निर्माणाधीन दश बेडको हस्पिटल भवनमा मापदण्ड विपरीत दुईनम्बर इँटाको प्रयोग भइरहेको पाइएको छ । गाउँपालिका कार्यालयदेखि झण्डै एकसय मिटर पश्चिममा ८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको भवनमा दुई नम्बर इँटा प्रयोग भइरहेको हो ।

संघीय सरकार बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर गउँपालिका कार्यालयले ओम वुद्ध हरितारा भेनस जेभीले निर्माण कम्पनीलाई दिएको छ । सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै भवन ठड्याउन लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
निर्माण स्थलमा तीन ट्रक दुई नम्बर इँटा खसालिएको छ । सोहि इँट्टाबाट भवनको वाल ठड्याउने काम भइरहेको छ ।

Sponsored

No description available.

कार्यालय छेउमै अस्पताल भवनको जगमै दुई नम्बर इँटा प्रयोग भइरहँदा जनप्रतिनिधि र कर्मचारी मुकदर्शक बनेका छन् । जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा सो भवनमा दुई नम्बर इँटा प्रयोग भइरहेको स्थानीयको आरोप छ ।

No description available.

‘कार्यालय छेउमै यस्तो गुणस्तरहीन काम भइरहदा जनप्रतिधिलाई थाहा नहुने कुरै छैन । सबैले प्रत्यक्ष देखिरहेका छन्’ स्थानीय संजिव महतोले भने ‘तर, भित्र मोटो कमिसनको खेल भएको छ । यसअघि पनि गापा अध्यक्ष राउत गाउँपालिकाकै प्रशासनिक भवन निर्माणमा ८ लाख रुपैयाँ घुस लिँदा फन्दामा परेका थिए । यस्तो सेटिंग मिलाउर र घुस खान उनी माहिर छन्’


उनले गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत र प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीको संलग्नतामा नै दुई नम्बरी काम भइरहेको आरोप लगाए ।

Sponsored

No description available.

भवन निर्माण स्थलमै पुगेका स्थानीय गणेश साहले भवन निर्माणमा कुनै पनि काममा दुई नम्बर इँटा प्रयोग हुनु गलत भएको तर्क गरे ।
कार्यालयका इन्जिनियर जितेन्द्र यादवले आफूबाट कामको जिम्मेबारीहरु प्रशासकीय अधिकृतले खोँसेकाले निरीक्षण नगरेको बताए ।

No description available.

यत गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले अनुगमनको क्रममा पनि दुई नम्बर इँटा निर्माण स्थलमा खसालिएको बताइन् । ‘दुई दिनअघि निरीक्षणमा पुग्दा हामीले पनि कमसल इँटा देख्यौं । त्यो प्रयोग नगर्न हामीले भनेर आएका हौं । फेरि प्रयोग भइरहेको विषयमा हामीलाई थाहा भएन ।’ उपाध्यक्ष महतोले भनिन् ।

No description available.

प्रमुख प्रशासकीय अधिकृत जोसीले आफू भन्दा पहिला नै अस्पताल निर्माणको टेन्डर भएकाले सो विषयमा केहि थाहा नभएको भन्दै पन्छिए ।

आफू अनुकुल काम गराउन गाउँपालिकामा दरबन्दीमा रहेका इन्जिनियर जितेन्द्र यादवलाई बसेर तलब खान भन्दै करारमा अर्का एक इन्जिनियर राखेर योजनाहरुको काम गराइरहेका छन् । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत जोसीलाई प्रश्न गर्दा यो विषयमा इन्जिनियर यादवसंगै सोध्नुस् भन्दै पन्छिएर कार्यालयबाट हिडे ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *