सिरहाबाट २८ किलो गाँजासहित तीनजना प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
सिरहाको गोलबजारबाट अवैध लागुऔषध २८ किलो गाँजासहित तीनजनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं.१ बस्ने ३६ वर्षका युवराज सिंह ठकुरी, वडा नं. २ बस्ने वर्ष २१ का शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३२ का दिपु साह छन् ।
सोमबार दिउँसो युवराजको घरमा लुकाई छिपाई गाँजा बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको छ ।
सो क्रममा उनीहरुबाट २८ किलो गाँजा, जोख्ने तराजु, प्रदेश नं २–०१–००३ प. ५२१७ र स.५प.१०२० नं.को मोटरसाइकल बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Sponsored