हँसपुरका वडाध्यक्ष कापर पोखरी ठेक्काको ११ लाख हजम गरेको खुलासा, तिर्न ताकेता
टुडेपाटी-
जनकपुरधाम , फागुन १ गते ।
हँसपुर नगरपालिकाका वडा अध्यक्षले पोखरी ठेक्काको राजश्व नगरपालिकामा नबुझाएर व्यक्तिगत रुपमा बुझेको खुलासा भएको छ । सार्वजनिक पोखरी ठेक्का बापतको रकम वडा अध्यक्षले नगरपालिकामा नबुझाएको खुलेको हो ।
हंसपुरपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापरले भगवानपट्टी स्थित सार्वजनिक पोखरी ठेक्काको ११ लाख १० हजार आम्दनि नगरपालिकामा दाखिला नगरेको प्रशासकिय अधिकृत केशव कुमार अधिकारीले बताए ।
महालेखापरीक्षकको वार्षीक प्रतिवेदनमा २०७८ मा वडा अध्यक्षमाथि वेरुजु भएको ११ लाख १० हजार रुपैया सात दिन भित्र दाखिला गर्न पत्रचार गरेको र रकम नबुझाएको खण्डमा कानुन अनुसार कारवाहि प्रक्रिया अगाडी बढाइने भन्दै वडा अध्यक्षलाई पत्र पठाइएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।
वडा अध्यक्ष कापरले किता नं.३३० को एउटै सार्वजनिक पोखरी ०७५ असोज १८ गते देखि तीन वर्षका लागि मदन कुमार झा र नविन कुमार चौधरीलाई १६ लाख ६५ हजारमा ठेक्का लगाएर ०७५ असोज २५ गते वडा अध्यक्षले मदन कुमार झाबाट पहिलो किस्ता ५ लाख ५५ हजार भरपाई गरेर बुझेका महालेखापरीक्षकको वार्षीक प्रतिवेदन २०७८ मा उल्लेख गरीएको छ ।
एउटै पोखरी २ व्यक्तिलाई ठेक्का लगाएको, पोखरी ठेक्का सम्झौता विवरण र आम्दनि नगरपालिकालाई प्राप्त नभएको भन्दै महलेखापरीक्षकको प्रतिबेदनमा ११ लाख १० हजार रुपैया वडा अध्यक्ष कापरबाट असुल उपर गर्न दिइएको निर्देशन अनुसार राजश्व असुल उपर गर्न नगरपालिकाले ७ दिन भित्र रकम दाखिला गर्न पत्रचार गरेको छ ।
Sponsored