विद्यालयको सेप्टि ट्यांकमा डुबेर ३ वर्षीय बालकको मृत्यु
टुडेपाटी-
सुनसरी, माघ २९ गते ।
सुनसरीमा विद्यालयको सेप्टि ट्यांकमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ।
सुनवर्षी नगरपालिका–९ भेडुवाथानस्थित बीपी आधारभूत विद्यालयको सेफ्टि ट्यांकीमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्युु भएको हो ।
विद्यालय नजिकै चियापसल सञ्चालन गर्दै आएकी सन्तोषकी पत्नी जमुनादेवी शौचालय जाँदा उनका छोरा पनि सँगै शौचालय गएका थिए।
विद्यालयका प्रधानाध्यापक सञ्जिव राजवंशीले स्थानीय केही युवाले महिला शौचालयको सेप्टिक ट्यांकको ढक्कन फुटाइएको कारण घटना भएको बताए।
Sponsored