जनकपुरधाममा खुल्यो माछा मसाज सेन्टर
टुडेपाटी–
जनकपुरधाम, माघ २७ गते ।
जनकपुरधाममा पहिलो पटक माछाबाट मसाज गर्ने प्रविधि सहितको मसाज सेन्टर खुलेको छ ।
जनकपुरधाम स्थित जानकी चौकमा “स्माईली फिस मसाज” भन्ने माछाबाट मसाज गराउने मसाज सेन्टर खुलेको हो । बिहीवारदेखि सञ्चालनमा आएको मसाज सेन्टरमा माछाबाट मसाज गराउने प्रविधि सहितको मसाज सेन्टर जनकपुरधाममै पहिलो रहेको सञ्चालक सुन्दर साहले दाबी गरेका छन ।
उनले भने काठमाडौ लगायतका ठाउँमा महँगो भएपनि यहाँको बजार र आमनागरिकको अनुकुलु हुने गरी प्रति १५ मिनेटको दुई सय रुपैया शुल्क राखिएको छ ।
ती मसाज सेन्टरमा मसाजका लागि तुर्कीबाट प्रशिक्षित माछाहरु राखिएको छ । शरीरमा कुनै क्षति नपुराउने गरी ती माछाले हात खुट्टामा रहेका फोहर र वाइक्टेरिया लगायतका सफा गर्नेछ ।
हात र खुट्टाको मात्र मसाज गर्ने भएपनि ब्लडप्रेसर ९उच्च रक्तचाप०, हात खुट्टाको फोहर र वैक्टेरिया सफा गर्दा विभिन्न रोगबाट मुक्ति र थकान दुर ती मसाजको प्रमुख फाइदा रहेको मसाज सेन्टरका सञ्चालक साहले बताए ।
Sponsored
माछा मसाजले शारिरीक फाइदा मात्र नभई मानसिक फाइदा समेत हुने गरेको साहले भने । मसाजभन्दा पनि मनारोञ्जनको दृष्टिकोणले पनि राम्रो रहेको छ ।