जनकपुर : कार र पैसा लुटिएको प्रहरीलाई झुटो सूचना दिने दुई युवक प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, माघ २६ गते ।
कार र रुपैयाँ लुटिएको झुटो जानकारी दिएर प्रहरीलाई हैरानी परेसानी गेर्ने दुई युवक फन्दामा परेका छन् ।
धनुषा धनुषाधाम नगरपालिका वडा नं. ७ बस्ने दिप नारायण यादव र उनका साथी आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
काल्पनिक घटनाको निवेदन दिएर प्रहरीलाई हैरानी परेसानी तथा गालीगलौज गरेको आरोपमा दुबैजना पक्राउ परेका हुन् ।
श्रवण कुमार चौधरी प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीका अनुसार दीपनारायण र आशारामले गएको सोमबार साँझ ६ बजेको समयमा मोटरसाईकलमा आएका स्थानीय श्रवण कुमार चौधरी लगायतका ३।४ जना व्यक्तिले आफूले प्रयोग गर्ने बा.१९ च.६६१४ नम्बरको कार र सो कार भित्र रहेको नगद र्दुइ लाख रुपैयाँ लुटपाट गरेको भनी इलाका प्रहरी कार्यालय धनुषाधाममा टेलीफोन मार्फत जानकारी गराएका थिए ।
तत्कालै प्रहरी टोलिले खोजविन सुरु गरी सोही राति श्रवणलाई नियन्त्रणमा लिएर दीपनारायण र आशाराम कहाँ लगेका थिए । त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा नलुटिएको तथा रिसिबीको कारण श्रवण लगायतले लुटपाट गरेको आरोपको लागि झुठो सूचना प्रहरीलाई दिएको स्वीकार गरेका थिए ।
Sponsored
झुठो सूचना दिएर प्रहरी कर्मचारीहरुलाई हैरानी परेसानी, गालीगलोज गरोको आरोपमा दुबैजनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।
दुबैजनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० दिनको म्याद थप गराई अनुसन्धन गरिरहेको उनले बताए ।