महोत्तरीमा हावाहुरीबाट पर्खाल भत्किँदा एकै परिवारका तीनजना घाइते, १० वटा घरमा क्षति
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
महोत्तरीमा हावाहुरीबाट पर्खाल भत्किँदा एकै परिवारका तीनजना घाइते भएका छन् ।
हावाहुरीको कारण पर्खाल भत्किदाँ महोत्तरीको जलेश्वर नगरपालिका २ बस्ने मुस्ताक रहेरीको बुहारी वर्ष २६ की सोनी खातुन, छोरी १७ वर्षीया लाडली खातुन र नाति ७ वर्षी फर्हान खातुन घाइते भएका छन् ।
बुहारीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ भने छोरी लाडलीको खुट्टामा चोट र नाती फर्हान रहेरीको टाउकोमा चोट लगोको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुई तल्ले घरको पर्खाल हावा हुरीको कारणले भत्किदा चोट लागेर उनीहरु घाइते भएका छन् ।
उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र अवस्था समान्य रहेको जिला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Sponsored
यस्तै हावाहुरीबाट महोत्तरीमा १० वटा घरमा क्षति पुगेको छ । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्ही बस्ने ईजराईल साह, समसाद साह, नसाद साह, दिलसाद साह, ओहिद साह, कमरुदिन नदाफ, अपसाना खातुन, मकिना खातुन, बिल्टु कापर र बिनोद महतोको घरमा हावाहुरीले क्षति भएको हो ।
उनीहरुको फुसको घर हावाहुरीले भत्काएको तथा केहिको छानो उडाएर ३ लाख २० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको डिएसपी विष्टले बताए ।