दिलिपलाई पर्यावरण सहिद घोषणा गर्न प्रदेश मन्त्रीलाई ज्ञापन
टुडेपाटी–
जनकपुरधाम, माघ १८ गते ।
दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै युथ एसोसिएसन अफ नेपालले मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहलाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलवार मन्त्रालयमा पुगेर एसोसिएसनका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा युवाहरुले ज्ञापन पत्र बुझाएका छन् ।
महतोलाई पर्यावरण सहिदका साथै घटनाको छानविन केन्द्रीय स्तरबाट केन्द्रीय अनुसन्धान व्युरोसँग गराई दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
एसोसिएसनका अध्यक्ष यादव सहित मनोहर यादब, सचितानन्द साह, अमीत मण्डल लगायत युवाहरु बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री साहले महतोलाई पर्यावरण सहिद घोषणा गराउनका लागि पहल गर्ने आश्वासन दिए ।
यस अघि केन्द्रय वनमन्त्री रामसहाय यादवलाई समेत युवाहरुले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपनि अहिलेसम्म यस सम्बन्धमा कुनै पहल गरिएको छैन् ।
Sponsored
वातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।
२०७६ पुस २५ औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरुमाथि मुद्दा चलाएपनि तीनजनालाई घरौटीमा छाडिएको हो ।