फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
टुडेपाटी-
जनकपुरधाम,माघ १८ गते ।
पेट्रोलियम पदार्थकबो मूल्य फेरि वृद्धि भएको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।
अब काठमाडौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२५ कायम भएको छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको छ।
यो सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर १०९५ अमेरिकी डलर कायम गरिइएको छ।
Sponsored
एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१. ६२ रूपैयाँले घटेर आएपनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रूपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत नै राखिएको निगमले जनाएको छ ।
यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रूपैयाँ घाटा कायम हुन निगमले जानकारी दिएको छ ।