पिपरा गाउँपालिकामा अख्तियारको छापा
टुडेपाटी–
महोत्तरी, माघ ११ गते ।
महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारले छापामारी गरेको छ ।
मंगलबार आयोगमा परेको उजुरीको आधारमा कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले टुडेपाटीलाई बताए ।
गाउँपालिका कार्यालयविरुद्ध विभिन्न ३२ वटा उजुरी परेको छ ।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो ।
Sponsored