बाराका थप एकजना कोरोना संक्रमितको मृत्यु
टुडेपाटी-
बारा, माघ ११ गते ।
बाराका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको कोल्हवी नगरपालिका(३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि
भएका ती पुरुषको नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।
Sponsored