सर्लाहीमा तातो रक्सीमा डुबेर डेढ वर्षीय बालकको ज्यान गयो, आमा घाइते
टुडेपाटी-
सर्लाही, माघ ९ गते ।
सर्लाहीमा तातो रक्सीमा डुबेर एक बालकको ज्यान गएको छ ।
बालककी आमा घाइते भएकी छन्।
हरिवन नगरपालिका ८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीमा डुबेर मृत्यु भएको हो।
शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए।
बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो।
Sponsored
नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा दक्षिणकाली पुगेपछि बालकको मृत्यु भएको हो।
छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ। उनको हातमा रक्सीले पोल्दा गहिरो घाउ लागेको छ।
बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।