TodayPati

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ ।

कोरोना देखिएपछि दुवैजना अहिले बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजागाइँले जानकारी दिए ।

Sponsored

बजागाइँका अनुसार दुवैजनाले सुरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

त्यसपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

एमाले अध्यक्ष ओली यसअघिका दुईवटा लहरमा जोगिएका थिए। तर तेस्रो लहर उचाइतिर जाँदै गर्दा ओलीलाई पनि संक्रमण देखिएको हो।

Sponsored

पछिल्ला केही दिनयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभइ ओली बालकोटमै आराम गरिरहेका थिए। एमालेले ओलीलाई संक्रमण भएकोबारे वक्तव्यमार्फत जानकारी दिने भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *