जनकपुरमा ज्योती आँखा अस्पताल संचालनमा, अक्लोप्लास्टिक प्रविधिबाट उपचार
टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अत्याधुनिक सेवासहितको आँखा हस्पिटल संचालनमा आएको छ ।
जनकपुरधामको रामानन्दचोक स्थित ज्योती आँखा अस्पताल शनिबार एक कार्यक्रबीच संचालनमा आएको हो ।
सो अस्पतालको उदघाटन मधेश प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक विजय झा र काठमाडौं स्थित तिलगंगा आँखा प्रतिष्ठानका अस्पताल प्रमुख तथा प्रध्यापक डा.रोहित सयजुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
यस आँखा अस्पतालमा आँखाको शल्यक्रिया, मोतीबिन्दु, जलबिन्दु जस्ता आँखाको सबै प्रकारका रोगहरुको अत्याधुनिक प्रविधिबाट उपचार हुने आँखा रोग विशेषज्ञ डा. सबिन साहुले बताए । उनका अनुसार मधेश प्रदेशमै पहिलोपटक अक्लोप्लास्टिक सेवा यस अस्पतालमा सुरु भएको छ ।
अक्लोप्लास्टिक सेवा अन्तर्गत आँखा वरपरका गाँठा, गिल्ठा, ट्युमर, आँसु नली, आँखाको ढक्नी, आँखाको कस्टमेटिक सर्जजरी लगायत विविध उपचार हुने डा. साहुले जानकारी दिए । त्यस्तै जलबिन्दु उपचारको उपचार पनि जनकपुरमै पहिलोपटक अत्याधुनिक प्रविधिबाट गरिने उनको भनाइ छ । मोतिबिन्दुको शल्यक्रिया सर्वशुलभ शुल्कमै हुने डा. साहुले बताए ।
Sponsored
छाला तथा चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादव, नेत्र रोग विशेषज्ञ डा. सबिन साहु र मुख तथा तन्द रोग विशेषज्ञ डा.निमु यादवको संयुक्त लगानीमा संचालनमा आएको यस अस्पतालमा अनुभवी तथा नेत्र रोग विशेषज्ञहरुबाट उपचार सेवा प्रदान गरिने जनाएको छ ।