TodayPati

मन्त्री यादवको अभिव्यक्तिबारे पार्टीले बोल्नुपर्छ : इस्तियाक राई

टुडेपाटी–
काठमाडौँ, माघ ८ गते ।

रेणु यादवले दिएको अभिव्यक्तिबारे पार्टीले बोल्नुपर्ने जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले बताएका छन् ।

पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटमा माघ ५ गते भएको घटना दुःखद भएको भन्दै यस विषयमा पार्टीले तत्काल निर्णय गर्नुपर्ने उनले बताए ।

Sponsored

राईले त्यस सम्बन्धमा दुवै पक्ष दोषी रहेको भन्दै उनले भने, ‘मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउन हुँदैन । यादव देशको मन्त्री हुनुहुन्छ, त्यो पदबाट त्यसरी बोल्नु हुन्नथियो, त्यो कुराको ख्याल गर्नुपथ्र्यो ।’

राईले मन्त्री यादव पदको गरिमाको ख्याल गर्नुपर्नेमा चुकेको बताए । यसअघि पनि मन्त्रीहरुले दिएका अभिव्यक्तिका कारण मन्त्री पदबाट हटेका थुप्रै उदाहरण रहेको बताउँदै नेता राईले मन्त्री यादवको हकमा भने पार्टी निर्णयमा भरपर्ने बताए ।

राइले जनमत पार्टीको आन्दोलन पनि अराजकतातिर गइरहेको बताउँदै उनले अरुको कार्यक्रम बिथोल्ने, बाटो छेक्ने जस्ता कार्य गर्न नहुने बताए । ‘शान्तिपूर्ण तरिकाले कालो झण्डा देखाउनु एउटा कुरा हो, तर मुठभेडमै जाने, तोडफोड गर्ने कार्य गर्न हुँदैनथ्यो ।’ उनले भने ।

Sponsored

माघ ५ गते बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमतका पार्टी अध्यक्ष सीके राउत र उनका कार्यकर्ताप्रति लक्षित गर्दै गौर हत्याकाण्ड मच्चाउने अभिव्यक्ति दिएकी थिइन् । अहिले उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *