TodayPati

गौशालाको विद्यालयपनि माघ १५ गतेसम्म बन्द हुने

टुडेपाटी–
महोत्तरी, माघ ६ गते ।

महोत्तरीको गौशाला नगरपालिकाले समेत नगरमा रहेका विद्यालयहरु बन्द गर्ने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न भनेपनि गौशाला नगरपालिकाले माघ ५ गते देखि स्कुल खोल्न आग्रह गरेका थिए । तर अहिले आएर माघ १५ गते सम्मका लागि समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Sponsored

शितलहर र बाक्लो हुस्सुको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको भन्दै नगरपालिकाले अगामी माघ १५ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।

नगरपालिकाले स्कुल बन्द रहेको अवधिमा बैकल्पिक माध्यमले पठनपाठन गराइने व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *