TodayPati

कोरोनाबाट सप्तरीमा एक महिलाको मृत्यु

टुडेपाटी–
सप्तरी, माघ ४ गते ।

कोरोना संक्रमणबाट सप्तरीमा एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका वडा नं. १ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

माघ १ गते ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

Sponsored

पीसीआर परीक्षणका लागि २ गते स्वाब लिइएपछि ३ गते रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

निमित्त प्रमुख यादवका अनुसार महिलाले भ्याक्सिन लिएपनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *