TodayPati

जनता माविका ५ जना छात्रा राष्ट्रिय हक्की खेलमा सहभागी हुँदै

दिवेश कुशवाहा-
धनुषा, माघ २ गते ।

वीरगञ्जमा हुने चौथो राष्ट्रिय साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको लागि धनुषाको जनता माध्यमिक विद्यालयले ५ जना छात्रा छनौट गरेको छ ।

अगामी माघ ४ गतेदेखि हुने सो प्रतियोगिताको लागि धनुषाको मिथिला नगरपालिका २ स्थित जनता माविले कक्षा ८ र ९ मा अध्ययनरत्त पाँचजना छात्रालाई छनौट गरेको हो ।

Sponsored

छात्रा खेलाडीहरुमा भूमिका कुमारी महतो, निरा कुमारी महतो, श्रुति कुमारी राय, अंजली महतो र वैकल्पिकमा मधु कुमारी साह रहेकी छिन् ।

राष्ट्रिय स्तरको सो हक्की प्रतियोगितामा एउटै विद्यालयबाट देशमै पहिलो पटक ५ जना छात्रा छनौटमा परेको विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी दिए ।

विगतमा सामुदायिक विद्यालयलाई शैक्षिक र खेलकुदका विषयमा कमजोर मानिएपनि पछिल्लो समय जनता माविले अब्बल बन्दै गएको छ ।

Sponsored

विद्यालयका प्रअ श्याम कुमार यादवका अनुसार छात्र र छात्राहरुको हक्की टिम गठन गरेर प्रशिक्षक राखेर अभ्यास गराउने गरिएको छ ।

राष्ट्रिय स्तरको हक्की प्रतियोगितामा यस विद्यलयबाट ५ छात्रा छनौटमा पर्नु मिथिला नगरपालिका र जिल्लाकै लागि गौरवको कुरा भएको उनको भनाइ छ ।

यस क्षेत्रमै पहिलो पटक धनुषामा हिमालय युवा क्लव नक्टाझिजकै आयोजना र विद्यालयको तत्वधानमा हक्की प्रतियोगिता पनि भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *