TodayPati

कम मलखाद्यमै बढी उत्पादन हुने धानको नयाँ प्रजाति पिआर १२६ को उन्मोचनको तयारी

टुडेपाटी–
जनकपुरधाम, पुस ३० गते ।

प्रत्येक वर्ष मल खाद्यको अभाव हुँदै आएको समय अनुसन्धानकर्ताहरुले धानको नयाँ प्रजातिको विकास गरेका हुन् । कम मलखाद्यमै बढी उब्जाउ हुने हाइब्रिड प्रकारको धानको नयाँ प्रजातिको विकास भएको छ ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका अनुसन्धानकर्ताहरुले धानको नयाँ प्रजाति पिआर १२६ को विकास गरेका हुन् । यस प्रजातिको धानको उन्मोचन गर्ने तयारी रहेको अनुसन्धान कार्यक्रमका सूचना अधिकारी एवं कृषि वैज्ञानिक चेतन ज्ञवालीले बताए ।

Sponsored

ज्ञवालीका अनुसार चाइनाबाट उत्पति भएका यस्ता धानमा कम नाइट्रोजनयुक्त मलको आवश्यकता पर्छ । १ सय २५/२६ दिनमा पाक्ने यो धान अन्तिम अवस्थासम्म समेत हरियो नै हुने गर्छन् ।

यस धानको अहिले अनुसन्धान केन्द्रमा अनुसन्धान गरिएको छ भने चाँडै यस धानको नामाकरण गर्ने तयारी रहेको छ ।

सूचना अधिकारी ज्ञवालीले चाँडै राजपत्रमा प्रकाशित गरेर यस धानको नामाकरण सार्वजनिक गरिने बताए ।

Sponsored

ज्ञवालीका अनुसार सो प्रजातिको धानमा कम मल दिएपनि उब्जाउ नघटने दावी गरे । उनले भने, ‘अरुलाई सय केजी मलखाद्य चाहिन्छ भने पिआर १२६ लाई ८० केजी खाद्यमा पनि सय केजी मलखाद्य बराबरकै मलहालेको जस्तो उत्पादन हुन्छ ।’

नाइट्रोजन कम चाहिने धानको जात पिआर १२६ रहेको र यसलाई छिट्टै उन्मोचन गर्ने प्रकृयामा रहेको कृषि वैज्ञानिक समेत रहेका ज्ञवालीले भने । यो धानको जातको उन्मोचन भएपछि किसानलाई धेरै मल हाल्ने समस्याबाट समाधान हुने उनको दावी छ ।

संघीय सरकारको मातहतमा धनुषाको हर्दिनाथ, बनिनियाँमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले धानमा, धान खोती गर्ने किसान र धानप्रणालीमा आश्रित किसानहरुका लागि धानको नयाँ नयाँ जातहरुको बारेमा पत्ता लगाउने गरेका छन् । र त्यस सँग सम्बन्धीत विभिन्न प्रविधिहरु दिनेगरेको कृषि वैज्ञानिक ज्ञवालीले बताए ।

मौसममा आएको परिवर्तनका कारण कहिले बाढी आउने गरेको, कहिले सुख्खा हुने गरेकाले त्यस समयमा उत्पादन हुने धानहरुको बारेमा अनुसन्धान तथा त्यस मौसममा उब्जाउ हुने धानको जातिको विकास अनुसन्धान कार्यक्रमले गर्नेगरेका छन् । सोही क्रममा अहिलेसम्म ८७ प्रकारको धानको उन्मोचन गरिएको ज्ञवालीले भने । जसमध्ये केही प्रजाति विस्थापित समेत भइसकेको छ ।

‘हाम्रो फोकस तरकारी खेती गर्ने किसानहरुमाथि पनि छन् । तरकारी खेती गरेर मंसिरमै धानको जात लगाउनुपर्ने हुन्छ, त्यस्तो जातहरु पनि हामीले गर्छौ’, ज्ञवालीले अगाडी भने, ‘हर्दिनाथ, विजिट १४४२ जातहरु थियो । अहिले त्यसलाई विस्थापित गरेर आइआर ८६५१५, घरैया तीन जातहरु उन्मोचनको क्रममा छ । यो जातीहरु हाम्रो पाइपलाइनमा छ ।’ आउने वर्षमा यि प्रजातीहरु उन्मोचन हुने र यसका लागि बालि प्रजननकर्ताहरु कार्यमा लागेको ज्ञवालीले भने ।

कुल ६५ विग्घा क्षेत्रफलमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको करिब ३५ हेक्टर जग्गामा विउ उत्पादन र अनुसन्धानका लागि प्रयोग गर्ने गरिएको हो । जसमध्ये २० हेक्टरमा विउ उत्पादनका लािग र विभिन्न जातको धानको परिक्षणका लागि १५ हेक्टर प्रयोग गरिएको छ ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम अन्तर्गत बनिनियाँमा रहेको कार्यालयमा जम्मा ५० जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले ३५ जना कार्यरत्त छन् । त्यसमध्ये ६ जना अनुसन्धानकर्ता हुन् । पाँचजना वैज्ञानीक रहेको बाँकी प्रशासन लगायतका क्षेत्रमा कार्यरत छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *