TodayPati

माघ पहिलो साता निर्वाचन मिति घोषणा हुनुपर्छ : निर्वाचन आयोग

टुडेपाटी–
काठमाडौँ, पुस ३० गते ।

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगले बताएको छ।

शुक्रवार प्रमुख राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन्।

Sponsored

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार निर्वाचन तयारीका लागि १२० दिन आवश्यक रहेकाले माघ पहिलो साताभित्र निर्वाचनको घोषणा भइसक्नुपर्ने राजनीतिक दलका नेताहरुसँग बताएका थिए।

‘हामीले दलका नेताहरुलाई स्थानीय निकायको निर्वाचनका लागि घच्घच्याएका छौँ,’ उनले भने।

निर्वाचन कानुन अनुसार स्थानीय निकायका पदाधिकारीहरुको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।

Sponsored

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन्।

आयोगले वैशाख १४ र २० मा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *