TodayPati

धनुषामा भन्सार छली गरेर ल्याएको लाखौँको सामान बरामद

टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।

प्रहरीले भन्सार छली गरेर नेपाल ल्याएको लाखौँको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले दुई दिनको अवधिमा प्रहरीले भारतबाट नेपाल भन्सार छली गरेर ल्याएको ५ लाख ६८ हजार ५६० बराबरको सामान बरामद गरेको जानकारी दिएका छन् ।

Sponsored

शनिवार राति करिब १२ बजेको समयमा धनुषाको सहिदनगर–४ ननुपटी स्थित भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ६ वटा मोटरसाइकल र एक लाख भन्दा बढीको किराना सामग्री बरामद गरेका छन् ।

प्रहरीले ज.५ प. ६०६०, ज.३ प.३६३१, ज.२ प.४३८५, ज.६ प.१८०८, प्रदेश २–०३–००२ प. ४८७२ र ज.७ प. ४५१० नम्वरको मोटरसाईकलहरूमा पलाष्टिकको बोरामा रहेको गोलमोल लेखिएको पानी पुरी २४ प्याकेट, राकेश बेसन २२ प्याकेट, दो फुल तेल १८ लिटर, ओरियो बिस्कुट ८ प्याकेट, मम टम बिस्कुट २६ प्याकेट, बटर बेक बिस्कुट २० प्याकेट, रजनी गंन्धा ५ प्याकेट, बिकाजी कुचकुच लेखिएको ७८ प्याकेट, रेडबुल ७ प्याकेट १६८ पिस, बदाम जुस ६० पिस, फर्चुन तेल २० लिटर, अचार २ बट्टा, चक्लेट २ बट्टा, नागाजी तेल ६ टिन, पास्ता कुरमुरे ४ बोरा, चिनी ७ बोरा, तिल ४० के.जी. गरी १ लाख २४ हजार २६० रुपैयाँ बराबरको सामान र ६ वटा मोटरसाईकल ३ लाख ७० हजार गरी ४ लाख ९४ हजार २६० रुपैयाँ बराबरको समान बरामद गरेको छ ।

सामान ल्याउने मानिस भने फरार भएको प्रहरीले जनाएका छन् ।

Sponsored

त्यस्तै आइतवार विहान करिब १० बजे जनकपुरधाम–४ कदम चौक स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका ब्लाउजको लेस ७३ थान, बच्चाले लगाउने भेष्ट ६२ प्याकेट (३७२ पिस) र सुर्तीको डिब्बा ३ प्याकेट गरी ७४ हजार ३ सय बराबरको समान बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भन्सार छली गरेर ल्याइएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *