प्रदेश सरकारको कृषि विश्वविद्यालयलाई २६ बिघा जग्गा
टुडेपाटी–
सप्तरी, पुस २५ गते ।
प्रदेश २ सरकारले स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयलाई राजविराज नगरपालिकाले २६ बिघा जग्गा दिने भएको छ । वडा नं. १३ मा २६ बिघा ८ कट्ठा १८ धुर जग्गा दिने नगरपालिकाले निर्णय गरेको हो ।
विश्वविद्यालयसम्बन्धी विधेयक पारित र उद्घाटनसँगै निर्माणका लागि जग्गा भाडामा लिने प्रक्रिया सुरु भएको थियो ।
गत पुस २ गतेको नगर कार्यपालिकाको बैठकले ३० वर्षका लागि जग्गा भाडामा दिने निर्णय गरेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए ।
प्रदेश सरकारले सप्तरीमा विश्वविद्यालय खोल्ने निर्णय गर्दै मंसिर २१ मा डा. वैद्यनाथ महतोलाई उपकुलपति नियुक्त र मंसिर २७ मा राजविराजमा विश्वविद्यालयको उद्घाटन गरेको थियो ।
Sponsored