धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाको सरुवा
टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।
गृह मन्त्रालय राजपत्राङ्किंत प्रथम र द्वितीय श्रेणीका न जना कर्मचारीको सरुवा गरेकोमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको सरुवा भएको छ ।
बास्तोला गृह मन्त्रालयमा तानिएका छन् । गृह मन्त्रालयमा रहेका सुरेन्द्र पौडेल धनुषाको सिडिओ बनेर आउन लागेका हुन् ।