जाडोको कारण पर्साको जिराभवानी गाउँपालिकाको विद्यालय बन्द
टुडेपाटी-
पर्सा, पुस १९ गते ।
अत्यधिक जाडो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाले विद्यालय बन्द गरेको छ ।
तराईका जिल्लामा बिगत एक सातादेखिको शीतलहरले जनजीवन प्रभावित बनेको छ ।
चिसोले बालबालिकालाई विद्यालय जान कठिन भएपछि जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले आइतबार सूचना जारी गर्दै यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।
तर, प्रदेश २ का अन्य स्थानीय तहले भने चिसो बढेपनि विद्यालयमा पठनपाठन जारी राखेका छन्।
Sponsored