TodayPati

पारिश्रमिकको माग गर्दै धर्नामा बसेका बालविकासका शिक्षक तथा कर्मचारीहरु धर्नालाई निरन्तरता दिने

टुडेपाटी–
जनकपुरधाम, पुस ८ गते ।

जनकपुरधाम उपमहानगरसँग पारिश्रमिकको माग गर्दै समुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षक तथा कर्मचारीहरु धर्नामा बसेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरे पनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेपछि बुधबारदेखि धर्नामा बसेका हुन् ।

Sponsored

No description available.

बिहिवार बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै धर्ना कार्यक्रम शुक्रवार पनि जारी रहने जनाएका छन् । तिनीहरु नेपाल सरकारको आव २०७८/७९ को बजेट वक्तव्य मार्फत विद्यालयमा कार्यरत्त बालविका शिक्षक तथा कर्मचारीका लागि व्यवस्था भएको तलब निकासा जनकपुरधाम उपमहानगरले नगरेपछि शान्तिपूर्ण धर्नामा बसेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *