TodayPati

एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

टुडेपाटी–
काठमाडौं, पुस ८ गते ।

माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले १२ सम्म विद्यालय तहको परीक्षा रहेकाले १२ को बोर्डले परीक्षा लिनुपर्ने र एसईई खारेज गर्न भनेको बताईन् ।

Sponsored

समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनहरू

१० समितिको मिति २०७७-०२-२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन ।

Sponsored

२० बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयलाई ध्यानाकर्षण ।

३० संघीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *