जिफन्टद्वारा निशुल्क मास्क, साबुन र सेनिटराइजर वितरण
शुभ नारायण यादव
सप्तरी, पुस १ गते ।
अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सप्तरीको डाक्नेश्वरि नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरेको छ । महासंघले वडा न.८ परवाहामा साबुन, मास्क, सेनिटराइजर लगायतका सामग्रीहरु वितरण गरेका छन ।
पछिल्लोपटक मुलुकमा बढ्दै गरेको कोभिड १९ अर्थात कोरोना महामारीलाई मध्यनजर गर्दै जिफन्टले झन्डै ७०० परिवारलाई सो सामग्रीहरु वितरण गरेको छ ।
कोरोना महामारीबाट जोगिनका लागि जिफन्टका सदस्यहरु तथा विपन्न गरिब, निमुखाहरुलाई सो सामग्री वितरण गरेको जिफन्ट डाक्नेश्वरि नगरपालिकाका नगर प्रमुख रामअवतार यादवले जानकारी दिए ।
जिफन्टका सदस्य बाहेक अति विपन्न, गरिब, एकल महिला लगायतकालाई सो सामग्रीहरु वितरण गरेको जिफन्टकी उपाध्यक्ष गायत्री पण्डितले बताइन् ।
Sponsored