पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा तीनजनालाई जन्मकैद
टुडेपाटी-
जनकपुरधाम, मंसिर २७ गते ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा तीनजनालाई जन्मकैद फैसला सुनाएको छ
दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले दैलेखको साविकको कट्टी गाविस ७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का र साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष र अर्का अभियुक्त बाँकेको कोहलपुर नगरपालिका ३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैद सजायको फैसला गरेको हो।
डेकेन्द्रराजको हत्या भएको १७ वर्षपछि आरोपीहरुलाई जन्म कैद फैसला भएको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए।
सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए।
पत्रकार थापाको हत्या आरोपमा दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका खड्कासहित ९ जनाविरुद्ध थापाका आफन्तले त्यतिबेलै जाहेरी दिएका थिए। घटनापछि फरार रहेका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो।
Sponsored