TodayPati

जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज जनकपुरमा बस्दै

टुडेपाटी
जनकपुरधाम, मंसिर २७ गते ।

सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज जनकपुरमा बसिरहेको छ ।

कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।

Sponsored

जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् ।

माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ ।

बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए ।

Sponsored

जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *