स्थापनाको ३० वर्षपछि स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालय प्रदेश २ मा
टुडेपाटी-
जनकपुरधाम, मंसिर २६ गते ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो पहिलो प्रादेशिक कार्यालय प्रदेश २ मा स्थापना गरेको छ । धनुषाको लक्ष्मिनिया गाउँपालिका स्थिति सपहीमा आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको भवनमै स्वास्थ्य परिषदको कार्यालय स्थापना गरिएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको उद्घाटन गरेका हुन् ।