जनकपुरका सरसफाइ अभियानी युवाहरुले बाँडे खाजा र पानी
टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।
जनकपुरधामको भोडा पानी उद्योगको सहयोगमा युवा सरसफाइ अभियानीहरुले निःशुल्क खाजा र पानी वितरण गरेका छन् ।
कोरोना भाइरसका कारण देश नै लकडाउन भएकोले गरिब असहाय तथा अति विपन्न घरपरिवारलाई स्थानीय प्रहरी प्रशासनको रोहबरमा खाजा र पानी वितरण गरेको अभियानी शंकर चौधरीले जानकारी दिए ।
जनकपुरको सीता चोकको मेस्तर टोल, पुलचौक दलित बस्ती, बाह्रबिघामा अलपत्र परेका भारतिय नागरिक, साकेत नगर रेल्वे ट्रेकमा भोडाले २ सय प्याकेट खाजा र ३ सय पीस पानीको बतोल वितरण गरेको जनाएको छ ।