TodayPati

दिल्लीको जमातबाट फर्किएको सिरहाका ८ जना क्वारेन्टाइनमा

टुडेपाटी-
सिरहा, चैत २१ गते ।
सिरहाका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।
उनीहरु भारतमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर घर फर्किएका कारण क्वारेन्टाइनमा पठाइएको सिरहा प्रहरीले जनाएको छ ।

गत मंगलवार मध्यराती घर फर्किएका उनीहरु स्वास्थ्य जाँचै नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा पुगेको नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ ।

हालसम्म गोलबजारमा २५ जना क्वारेन्टाइनमा रहेका क्वारेन्टाइन इन्चार्ज निरन्जन सिंह बताए । उनका अनुसार भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहरुलाई गोबजार नगरपालिका १० बलकावा बाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।
भारतबाट आएका थप केही व्यक्तिको खोजी कार्य भइरहेको उनले बताए । भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै त्यहाँ सहभागी सबैको स्वास्थ्य उच्च जोखिममा रहेकाले जमातबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमै बस्न उनले आग्रह समेत गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *