TodayPati

ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न प्रदेश २मा विशेष तयारी

टुडेपाटी–
जनकपुरधाम, मंसिर २ गते ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टी भएपछि प्रदेश २मा विशेष तयारी थालिएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रदेश २स्थित जनकपुरधाममा रहेको कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरी विशेष तयारीमा जुट्न आग्रह गरेको छ । यसका लागि प्रदेश २ सरकारसंग विश्व स्वास्थ्य संगठन समन्वय गर्न तयार रहेको जनाइएको छ ।

Sponsored

कार्यक्रममा सहभागी स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलन नदिनका लागि निर्देशनालय त्यसका लागि तयारी थालि सकेको जानकारी दिए । उनका अनुसार प्रदेशमा अहिले ओमिक्रोनको संक्रमण नदेखिएपनि सतर्क र सावधानी अपनाउन समेत आग्रह गरे ।

उनले प्रदेशमा रहेको १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको बताए ।

यसका साथै प्रदेश २मा कोरोना बिरुद्धको खोप कार्यक्रमलाई समेत निरन्तरता दिइने बताए । उनले प्रदेशमा अहिले ३० प्रतिशतभन्दा बढी नागरिकले मात्रै खोप लगाएको र पुस महिना भित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य रहेको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *