सिरहाबाट ५० ग्राम सुन र नगदसहित सप्तरीका दुई युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।
सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित र्दुइ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका ११ बस्ने २५ वर्षका तौहिद आलम र सप्तरीकै वोदेवर्साईन नगरपालिका ६ बस्ने वर्ष २५ का मो.समिम अख्तर छन् ।
दुबैजनाको् साथबाट प्रहरीले ५० ग्राम सुन र ५४ हजार नेपाली नगद सिरहा प्रहरीले बरामद गरेको हो ।
मंगलबार अपराहन्न सिरहाको लहान नगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलिले स.८.प ६०७७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई प्रहरीले सुन र नगदसहित पक्रेको जनाएको छ ।
सुन ३ लाख ९१ हजार ८०३ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Sponsored
दुबैजनाजनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Catch big fish not like innocent small amount of Gold seller. Who is make them to bring golds I will buy like jewellery buyers.