एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा ओली निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।
नेकपा एमालेको १० औँ महाधिवेशनबाट पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ मत ल्याएर विजयी भएका छन् ।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका भीम रावलले २ सय २३ मत मात्रै ल्याउन सफल भएका बताइएको छ।
यसलाई निर्वाचन आयोगले पुष्टि गरिसकेको छैन।
ओलीको पक्षमा ८९.४६ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेका छन् भने रावलले १०.५४ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएका छन्।
Sponsored
एमाले नेता महेश बस्नेतले ओली फराकिलो मतान्तरसहित विजयी भएको बताएका छन्।
निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ।
अहिले उपाध्यक्षको मत गणना सुरु भइसकेको छ।