TodayPati

प्रदेश २ : जवरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

टुडेपाटी–
वीरगञ्ज, मंसिर १४ गते ।

पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

१७ वर्षीया किशोरीको जवरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं. ७ रामटोलका २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिराभवानी गाउँपालिका वडा नं. २ का २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Sponsored

दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *