TodayPati

यो वर्षभित्रै रेल चल्छ, दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुहुन्छ : यातायात मन्त्री यादव

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

भौतिक पुर्वाधार तथा यतायात मन्त्री रेनु यादवले यो वर्षभित्रै रेल सञ्चालनमा आउने दावी गरेकी छन् ।

मंगलबार जनकपुरधाम रेलवे स्टेशन निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले चालु वर्ष भित्रै रेल सञ्चालनमा आउने बताएकी हुन् ।

Sponsored

कानुन, बजेट र प्राविधिक त्रुटीको अभावमा रेल सञ्चालनमा ढिलाई भएको उनले स्वीकार गरिन् । अर्को महिना सम्म कानुन ल्याएर कर्मचारी भर्ना प्रकृया अगाडी बढाउने उनले बताइन् ।

‘रेल सञ्चालन सम्बन्धि कार्यविधि बनिसकेको छ । भारतिय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता अन्तर्गतको पहिलो किस्ता दिइसकेको छ,’ उनले भनिन्, कर्मचारी, बजेट र भाडाँ दर तोक्न बाँकी छ । छिट्टै प्रकृया अगाडी बढ्ने छ ।’

रेलवे दुबै देशको प्रधानमन्त्रीले उद्घाटन गर्ने उनले बताइन् । ‘भर्चुअल भएपनि दुबै देशको प्रधानमन्त्रीले अन्तरदेशिय रेलको उद्घाटन गर्नुहुन्छ,’उनले भनिन्, ‘सकेसम्म हामीले भौतिक रुपमा सहभागि भएर उद्घाटन गराउने तयारीमा छौं ।

Sponsored

सम्भव नभए भर्चुअल रुपमा दुबै देशको प्रधानमन्त्रीले उद्घाटन गर्नु हुन्छ ।’ चार लाख ५० हजार टिकट पनि छापेर जनकपुरधाम रेलवे स्टेशनमा राखिएको छ । टिकट अनलाइन प्रविधिबाट काटिने बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *