भंगहाका मेयर साहले जनकपुरको बाल आश्रमलाई गरे निजी स्तरबाट ५१ हजार सहयोग
टुडेपाटी-
जनकपुरधाम, मंसिर १३ गते ।
भंगहा नगरपालिकाका मेयर संजिव साहले आफ्नो व्यक्तिगत तर्फबाट जनकपुरधामको कविर बाल आश्रमलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ८ ज्ञानकुप स्थित सन्त तथा समाजसेवी सत्यनारायण आलोकले स्थापना गरेको आश्रममै पुगेर मेयर साहले नगद ५१ हजार आर्थिमक सहयोग गरेका हुन् ।
सो नगद संचालक आलोकलाई नै मेयर साहले हस्तान्तरण गरे । मेयर साहले दुई महिना अघि एक कार्यक्रममा आश्रमलाई आफ्नो निजी स्तरबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समाजसेवी आलोकको कामबाट प्रभावित भएर उनको अभियानमा निजी तर्फबाट केहि आर्थिक सहयोग गरेको भोलिको दिनमा समेत गर्ने मेयर साहले प्रतिवद्धता जनाएका छन् ।
सन्त आलोकले आश्रममा विभिन्न स्थानमा वेवारिसे फेला परेर ल्याएका १४ जना बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षा दिने गरेका छन् ।
Sponsored