TodayPati

फोहोर नउठेको भन्दै जनकपुरका जनप्रतिनिधि काठमाडौंमा मेयर लालकिशोरविरुद्ध प्रदर्शन गर्दै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १३ गते ।

जनकपुरधाम मेयर लालकिशोर साहविरुद्ध जनकपुरका केहि वडाध्यक्षसहितका जनप्रतिनिधि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

नियमित सरसफाइ नभएको र फोहर नठ्दा नगर दुर्गन्धित भएको कारण काठमाडौैमै पुगेर प्रदर्शन गर्न बाध्य भएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकी रमण साहले बताए ।

Sponsored

उनीहरु माइतिघर मण्डलमा मेयर साह विरुद्ध प्रदर्शन गरेका हुन् ।

पाँच महिनादेखि मेयर साहले बोर्ड बैठक नगरेको, सरसफाइको गुहार लगाउँदा नसुनेको कारण संघीय सरकारलाई घचघचाउन काठमाडौ पुगेर आन्दोलन गर्नु परेको वडाध्यक्ष साहको भनाइ छ ।

केहि दिन अघि जनकपुरधाम उपमहानगरपालिकाको मेयर साहको कार्यकक्षमा वडाध्यक्षहरुले तालाबन्दी गरेका थिए । सो ताला मेयर साह पक्षधर वडा नं. १२ का वडाध्यक्ष सत्रोहन यादव लगायतले काटेर खोलेका छन् ।

Sponsored

काठमाडौं प्रदर्शनमा पुगेका वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले जनकपुर फर्केपछि त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं प्रदर्शनमा जनकपुरका केहि वडाध्यक्ष, वडा सदस्य, मासका संयोजक सरोज मिश्र लगायत सहभागि छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *