महोत्तरीमा वाइफाइ चलाउन भर्याङमा चढेका युवकको लडेर मृत्यु
टुडेपाटी–
महोत्तरी, मंसिर १० गते ।
महोत्तरीमा वाइफाइ चलाउन भर्याङमा चढेका युवकको लडेर मृत्यु भएको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका वडा नं. १ का १८ वर्षीय सन्दीप महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
लडेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुरधामस्थित काव्या अस्पतालमा ल्याउादा यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो ।
सोही अस्पतालमा उपचारकै क्रममा गए राति युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
Sponsored