TodayPati

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतक परिवारलाई १० लाख राहत

टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।

हात्तीको आक्रमणमा परि मृत्यु भएका परिवारलाई संघ सरकारले १० लाख राहत प्रदान गरेको छ ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका धनुषाको मिथिला नगरपालिका वडा नंं ८ का वर्ष ८० वर्षीय पदमबहादुर खपतडी मगरका श्रीमती टुकीमाया खपतडी मगरलाई बिहिबार राहत स्वरूप १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

Sponsored

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन अधिकृत सुनिल कर्णले संयुक्त रुपमा मृतक परिवारलाई चेक प्रदान गरेका छन् ।

२०७७ लाल चैत १६ गते घरमा सुतिरहेको समयमा जङ्गली हात्तीले आक्रमण गर्दा मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *