सर्लाहीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, मंसिर ८ गते ।
टाटासुमोको ठक्करबाट सर्लाहीमा दुईजनाको मृत्यु भएको छ ।
मंगलबार साँझ बागमती नगरपालिका वडा नं. १० केराबारी स्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमो बिपरित दिसाबाट आउँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका वडा नं. ७ का २५ वर्षीय देब मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार घाइते भएका मोक्तानको नमुना अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यस्तै ब्लोनको दुबै हातखुट्टामा चोट लागि गम्भिर रहेकोमा वीरगंज रिफर गर्दा गण्डक हेल्थ केयरमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन् ।
Sponsored
टाटासुमो र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।